× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गोलबजार नगरपालिकाको मेयर श्याम श्रेष्ठ माथि आक्रमण, आक्रमणको विरोधमा एमालेका युवाहरू विरोधमा

    १ वर्ष पहिले

    चैत्र -१५,सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

    आक्रमणको प्रयास गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै एमालेका युवाहरू आन्दोलनमा उत्रेका हुन् । उनीहरू गोलबजारस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजमार्ग समेत अवरुद्ध पारिएको छ ।

    मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । पूर्वमन्त्री तथा नेकपा एमालेका संघीय सांसद लीलानाथ श्रेष्ठका भाइ समेत रहेका उनीमाथि आक्रमणको प्रयास गर्दा बचाउमा एमालेका कार्यकर्ताहरू सडकमा उत्रेका छन् ।

    कार्यालयबाट बाहिर जाने क्रममा मेयर श्रेष्ठमाथि केहि व्यक्तिले मोबिल छ्यापेका थिए । सोमध्ये नरहा गाउँपालिका ४ का ४३ वर्षीय साधु चरण महरालाई प्रहरीले पक्राउ गरेको छ । उनी नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को कार्यकर्ता छन् ।

    सो पार्टीको जनसंघर्ष परिचालन समितिको पर्चा समेत गोलबजार नगरपालिका क्षेत्रमा फेला परेको थियो । उक्त पर्चामा मेयर श्रेष्ठलाई लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख रुपैयाँ ब्रम्हलुट गरेको कारण जनकारबाही गरिएको उल्लेख छ ।

    पक्राउ परेका महरा र सो घटनामा संलग्न अन्यलाई समेत पक्राउ गरी कडा कारबाही गर्नुपर्ने एमालेका युवाहरूको माग छ ।