× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३४ नयाँ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १ सय ३

    १ वर्ष पहिले

    चैत्र-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ३४ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ५ सय २१ जना पुगेको छ ।

    २४ घण्टामा ५ सय ३० जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या २५ जना रहेको छ । हालसम्ममा ६० लाख १९ हजार ८ सय ३८ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा ८ सय जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ९ जना रहेको छ। हालसम्ममा १६ लाख ३८ हजार ५ सय ९३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या शुन्य रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार १ सय ६५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ सय ३ जना रहेको छ।