× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इन्डियन प्रिमियर लिग क्रिकेटको १६ औँ सिजन आजबाट सरू हुँदै

    १ वर्ष पहिले

    चैत्र-१७, इन्डियन प्रिमियर लिग(आइपिएल)को १६ औँ सिजन आजबाट सरू हुँदैछ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ ६ बजे उद्घघाटन समारोह सुरु हुनेछ।

    उद्घघाटन खेलभने ७:४५ मा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्ने छन्। दुवै टिम विजयी सुरुवात गर्ने लक्ष्यमा मैदानमा उत्रिने छन्।

    इन्डियन प्रिमियर लिगमा ३ वर्षपछि होम एण्ड अवे फर्म्याटमा प्रतियोगिता सुरु हुन लागेको छ। अर्थात् एक टिमले ७ खेल आफ्नो घरेलु मैदानमा खेल्दा बाँकी लिगचरणका खेल अवे मैदानमा खेल्ने छ।

    महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स प्रतियोगितामा सफल टिम मध्येमा एक टिम हो। उसले मुम्बई पछि सर्वाधिक ४ उपाधि जितेको छ। १३ मा ११ सिजन टिम प्लेअफमा पुगेको छ।

    त्यस्तै, ९ पटक फाइनल खेलेको छ। गत संस्करणमा भने १४ खेलमा केवल ४ खेलमा मात्रै जित निकाल्न सकेको थियो। जसका कारण ९ औँ स्थानमा रहेर प्रतियोगिता समापन भएको थियो।

    गत संस्करणमा थपिएका दुई टिम गुजरात र लखनउले सानदार सुरुवात गरेका थिए। दुवै टिम प्लेअफमा पुगेका थिए। जसमा गुजरातले उपाधि जितेर सनसनिपूर्ण सुरुवात दिलाएको थियो। हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात पुन एकपटक आफ्नो दाबेदार छवि प्रस्तुत गर्ने प्रयासमा हुने छ।

    गुजरातले पहिलो सिजनमा चेन्नईविरुद्ध भिडेका दुई खेल नै जितेको थियो। कोरोनाका कारण गत संस्करण महाराष्ट्रका तीन मैदानमा सम्पूर्ण प्रतियोगिता समापन गरिएको थियो। यो मैदानमा भने पहिलो पटक यी दुई टिम भिड्नेछन्।‍