× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि

    १ वर्ष पहिले

    चैत्र-१७, नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाएपनि उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित दर्ता गरेको हो ।

    लाओसका लागि फोन्साक सिसाभाथले अग्रता दिलाएपछि नेपालका आयुष घलानले बराबरी गोल फर्काए । मनिष डाँगीले अन्त्यतिर गोल गर्दै नेपाललाई उपाधि दिलाए ।

    २२ अ‍ौं मिनेटमा नेपालको बराबरी गर्ने प्रयासमा गोलरक्षक सेसाभाथ बाधक बने । नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रयास गोलरक्षकले बचाएका थिए ।

    २४ अ‍ौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । आयुष घलानले पेनाल्टी क्षेत्र भित्र सुन्दर फिनिस गरेपछि नेपाल बराबर गर्न सफल भयो । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।

    लगत्तै नेपालले अग्रता लिने अवसर गुमायो । मनिषले विंग ब्याकलाई बिट गरेपछि पेनाल्टी क्षेत्र भित्र कटब्याक गर्दै नविनलाई दिए । नविनले ६ यार्ड बक्स अगाडीबाट दिएको पास आयुषले गोल गर्न सकेनन् ।

    दोस्रो हाफको ५५ औं मिनेटमा नेपाल अग्रता लिनबाट चुक्यो । मनिष डाँगीले दायाँ विंगबाट दिएको क्रसलाई दिपक र आयुषले ६ यार्ड बक्स भित्रबाट गोलको दिशा दिन सकेनन् ।

    ६१ औं मिनेटमा आयुषले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर गुमाए । नविनको क्रसमा गोलरक्षक फ्रन्ट पोस्टमा बिट भएपछि आयुषले खाली पोस्टमा हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

    खेलको ८७ औं मिनेटमा मनिषले नेपाललाई अग्रता दिलाए । अन्जनले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै मनिषले गरेको शक्तिशाली लो प्रहार गोलरक्षकले बचाउन सकेनन् ।