× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आँबुखैरेनीमा रास्वपा समिति गठन, संयोजकमा राम श्रेष्ठ

    १ वर्ष पहिले

    चैत्र १८, तनहुँ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीले उपनिर्वाचन तयारीको लागि विभिन्न विभाग सहित समिति गठन गरेको छ । आगामी बैशाख १० गते हुनगइरहेको उप–निर्वाचन तयारीका लागि राम श्रेष्ठको संयोजकत्वमा ७ सदस्यिय कमिटि गठन भएको हो ।

    समितिको सह–संयोजकमा अनिल श्रेष्ठ, सदस्य वितरण समिटिको संयोजकमा प्रेम कुमार श्रेष्ठ, प्रचार–प्रसार कमिटिको संयोजकमा सुमन वगाले, घरदैलो कमिटिको संयोजमा प्रकाश श्रेष्ठ, यातायात कमिटिको संयोजकमा राजेश श्रेष्ठ र आर्थिक कमिटिको संयोजकमा नवराज श्रेष्ठ रहेका छन् ।

    त्यस्तै आँबुखैरेनी गाउँपालिका अन्तरगत रहेका ६ वटा वडाहरु मध्ये ३ वटा वडाहरुको संयोजक समेत चयन भएको छ । वडा नं. १ मा चन्द्र प्रकाश गुरुङ्ग, वडा नं. २ मा राम बहादुर ओली र वडा नं. ६ मा वडा संयोजक चन्द्र प्रकाश गुरुङ्ग रहेका छन् ।

    बैशाख १० गते हुने उप–निर्वाचन पार्टीको विधान बमोजिम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न समिति गठन गरेको संयोजक राम श्रेष्ठले बताउनुभयो ।