× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतबाट पेट्रोल र डिजलको मूल्य फेरि घटेर आयो

    १ वर्ष पहिले

    चैत्र -१८, भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ ।

    भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ ।

    निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ । भारतका धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन ।

    भारतबाट भाउ बढेर आउने बित्तिकै नेपालमा पनि बढाइहाल्ने तर पटक पटक भाउ घटेर आउँदा समेत नेपालमा पुरानै भाउमा पेट्रोलियम पदार्थ बेचेर ठगेको भन्दै उपभोक्ता आक्रोशित छन् । पछिल्लो समय भारतले रुससँग सस्तो मूल्यमा तेल किनेका कारण नेपालमा पठाउने तेलमा पनि भाउ घटाइरहेको छ।