× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का, वर्षाको सम्भावना

    १ वर्ष पहिले

    चैत्र -१९,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का, वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

    आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का, क्षणिक वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।