× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक दैनिक ९ घण्टा अवरुद्ध हुने

    १ वर्ष पहिले

    चैत्र -१९, सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सिद्ध बाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने भएको जनाएको हो ।

    निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथिबाट ढुङ्गाहरू खस्ने भएकाले सडक बन्द गरिएको बताइएको छ । सडक बिहान ११ देखि दिउँसो २ बजे र राती १० देखि बिहान ४ बजेसम्म अवरुद्ध हुने छ ।

    पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

    तर एम्बुलेन्सलगायत अत्यावश्यकता सवारी साधन सञ्चालनमा भने कुनै अवरोध नहुने जनाएको छ ।

    बुटवल-पाल्पा सडकखण्ड पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, कास्की लगायतका जिल्लामा आवतजावत गर्ने महत्वपूर्ण राजमार्गको रुपमा लिइन्छ। यही सडकमा माथिबाट खसेको पहिरोले बर्सेनि धेरैले ज्यान गुमाउनु परिरहेको छ।