× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालमा १० जनामा देखियो कोभिड–१९ को नयाँ भेरियन्ट, जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    २ वर्ष पहिले

    चैत्र -२०, नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट देखिएको छ । चैत महिनामा संकलित २४ वटा नमुनामामध्ये १० जनामा ओमिक्रोनको नयाँ भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार उनीहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण देखिएको हो ।

    कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा गरेको पछिल्लोपटकको परीक्षण नतिजा अनुसार २४ वटै नमुनाहरूमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । तीमध्ये १० जनामा नयाँ भेरियन्ट देखिएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    नेपालमा अहिले मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि वृद्धि हुँदै गएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयलले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न पनि आग्रह गरेको छ ।