× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इजाजत प्राप्त हतियार बुझाउन चितवन प्रशासनको निर्देशन

    १ वर्ष पहिले

    चैत्र -२४, इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ।

    आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ को प्रतिनिधिसभाको सदस्यको उप-निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो।

    प्रशासनले चैत्र मसान्त भित्र आ-आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए।

    यदि कसैले सुचनाको अवज्ञा गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।