× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    २ वर्ष पहिले

    चैत्र-२४, सरकारले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गरेको छ ।

    आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    मन्त्रिपरिषद्ले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    ‘पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ,’ प्रवक्ता शर्माले भनिन् ।

    प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ मा विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्बू प्रहरीको लाठी लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो ।