× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नक्कली परीक्षार्थी राखेर एसईई परीक्षा दिने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

    १ वर्ष पहिले

    चैत्र -२४, आफ्नो सट्टामा ज्वाइँलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लगाएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहविरुद्ध जिल्ला अदालतले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले आइतबार मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट उनको सट्टा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ गरेको थियो ।

    नगर प्रमुख साहको सट्टामा एसईई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका थिए । पक्राउ परेका साह नगर प्रमुख साहका आफ्नै ज्वाइँ हुन् । उनी रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनले प्रहरी अनुसन्धानका क्रममा नगरप्रमुख साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेको आधारमा साहविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयले साहलाई पक्राउ गर्न देवाही गोनाहीलाई पत्रचार गरिसकेको जनाएको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।

    यता, नगर प्रमुख साहले भने आफूलाई नियतवस योजनावद्ध ढंगले फसाउन खोजेको र आफ्नो नाममा कसले र किन परीक्षा दिएको केही थाहा नभएको बताउँदै आएका छन् ।