× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रास्वपाका सांसद श्रेष्ठले दुई करोड घुस मागेको अडियो सार्वजनिक, पार्टीबाट निलम्बित(अडियो सहित)

    १ वर्ष पहिले

    चैत्र-२६, राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई दुई करोड रूपैयाँ घुस माग गरेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निलम्बित गरिएको छ ।

    कपुरबोट मिडियाले सार्वजनिक गरेको उक्त अडियोमा श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेका छन् ।

    उक्त अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिने भन्दै पैसा माग गरेका छन् । जवाफमा प्रसाईंले आफूले उक्त रकम दिने ग्यारेन्टी भएको बताएका छन् ।

    रकम पाएवापत सांसद तोसिमा कार्कीले डा गोबिन्द केसीको अभियानलाई निरन्तरता नदिनेसमेत पक्कापक्की गरिएको छ । यसको पक्कापक्की सांसद तोसिमाले नभएर श्रेष्ठ आफैंले गरेका छन् ।

    तोसिमाले सुरुवातदेखि नै डा केसीको सत्याग्रहमा साथ दिँदै आएकी छिन् ।

    यस्तो छ लिक भएको अडियो

    स्रोत-कपुरबोट मिडिया