× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी, २१ भन्दा बढी घर जलेर नष्ट

    १ वर्ष पहिले

    चैत्र -२६, रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा २१ भन्दा बढी घर जलेर नष्ट भएको छ ।

    माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको छ ।

    आइतबार दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

    उनका अनुसार आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको छ । तर, वारूणयन्त्रको पानी सकिएपछि आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीय पारस भण्डारीले बताए ।

    आगलागीका कारण मानविय क्षति अहिलेसम्म नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइनसकेको सिडिओ मिश्रले बताए ।