× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १ सय २४ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४ सय ४४ पुग्यो

    १ वर्ष पहिले

    चैत्र-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय २४ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ९ सय ९२ जना पुगेको छ ।

    २४ घण्टामा ९ सय ३ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ७७ जना रहेको छ । हालसम्ममा ६० लाख २४ हजार २ सय ५१ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६३ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ४७ जना रहेको छ। हालसम्ममा १६ लाख ४९ हजार ५ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या २९ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार ४ सय १३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय ४४ जना रहेको छ।