× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५३ जनाको मृत्यु

    १ वर्ष पहिले

    चैत्र-२८, म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५३ जनाको मृत्यु भएको छ । २ वर्षअघि सैन्य कू विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा मंगलबार सेनाले हवाई आक्रमण गरेको हो । आक्रमणमा बालबालिकासहित कम्तीमा ५३ जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएको बताइएको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार आक्रमणबाट ५३ जना मारिएको उल्लेख छ । जहाँ कम्तीमा १५ जना महिला र केही बालबालिका रहेको बताइएको छ ।मृत्यु हुनेहरू अधिकांश आम नागरिक थिए ।

    स्थानीय तथा प्रत्यक्षदर्शीहरूले यस आक्रमणलाई सैन्य कू भएयताकै घातक आक्रमण भनेका छन् ।

    घटनास्थलमा उद्धार कार्य भइरहेको बेला पनि दोस्रो आक्रमणबाट तीन जना मारिएका थिए । आक्रमणबारे म्यानमारको सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।