× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आँबुखैरेनीबाट लागुऔषध सहित १ जना पक्राउ

    १ वर्ष पहिले

    चैत्र-२८,आबुखैरेनीबाट आज बिहान लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा तनहुँ भिमाद नगरपालिका वडा न. ९ बुच्चाखानी घर हुने २२ बर्षीय बिबश गुरुङ रहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

    अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग. १ ख. ९९४६ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार उनीलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरुबाट नियन्त्रित लागूऔषध नाइट्रभेट-१० लेखिएको ६७५ वटा ट्यावलेट फेला पारेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका गुरुङलाई तनहुँ जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।