× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १ सय २१ संक्रमित थपिँदा, एकजनाको मृत्यु

    १ वर्ष पहिले

    चैत्र-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय ७९ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ९ सय ९२ जना पुगेको छ ।

    २४ घण्टामा ६ सय २० जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ५८ जना रहेको छ । हालसम्ममा ६० लाख २५ हजार ३ सय ४७ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ३२ जना रहेको छ। हालसम्ममा १५ लाख ५३ हजार २ सय ७३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ८१ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार ५ सय ४२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २२ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय ४५ जना रहेको छ।