× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ५ प्रदर्शनकारी घाइते, एकजनाको अवस्था गम्भीर

    १ वर्ष पहिले

    चैत्र-२९, रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपमा परेर प्रहरीसहित पाँच जना घाइते हुँदा एकजनाको अवस्था गम्भीर रहेको छ।

    गरुडा नगरपालिका मेयरका प्रत्यासी दिपक यादवको समर्थकले नगरपालिकामा बेथिती बढेको तथा भ्रष्टाचार गरेको लगायत आरोप लगाउँदै सूचना माग गरिएको थियो। तर, मागे अनुसारको सूचना नगरपालिकाले नदिएको भन्दै तालाबन्दी र तोडफोड गर्न खोजीपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको रौतहका प्रहरी प्रमुख, एसपी वीरबहादुर बुढामगरले बताए।

    स्थिती नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर र ४ राउण्ड अश्रु ग्यास पनि प्रहार गरिएको एसपी बुढामगरले बताए।

    झडपको क्रममा एकजना सुरक्षाकर्मी घाइते भएका छन्। प्रदर्शनकारीको तर्फबाट पाँच जना घाइते भएको एसपी बुढामगरले बताए।

    झडपमा गोलि लागेर गरुडा नगरपालिकाको वार्ड नं.५ अन्तर्गत पर्ने लक्ष्मिपुर निवासी करिव २२ बर्षिय गजेन्द्र प्रसाद यादब गम्भीर घाईते भएको छ । घाईते यादवलाई हेल्थ लैन्ड हस्पिटलमा प्राथमिक उपचार गरी थप उपचारको लागि बिरगंज पठाईएको प्रहरीले जनाएको छ ।