× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    माओवादी नेता वर्षमान पुनको घरमा गोली चल्दा आमा घाइते, हवल्दार नियन्त्रणमा

    १ वर्ष पहिले

    बैशाख -२,प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन् ।

    तीर्थमालीको देब्रे खुट्टामा गोली लागेकाे छ । गोली लागेपछि उनलाई तुरुन्तै ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो। उनको उपचार भइरहेको छ। प्रहरी सहायक हवल्दार प्रकाश पुन प्रहरीको नियन्त्रणमा छन् ।

    प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । उनी नातामा तीर्थमालीको नजिकका नाति पर्छन्। शुक्रबार राति भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    असावधानीवश’ गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मादक पदार्थ सेवन गरेका उनी गोली चलेपछि भागेका थिए । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।

    तीर्थमाया छोराहरू डेभिड पुन र प्रनिस पुनसँग बस्थिन् । नयाँ वर्ष मनाउने भन्दै प्रकाश पुन शुक्रबार गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए ।

    डेभिड र प्रनिस वर्षमानका भाइ हुन् । केही समयअघिसम्म प्रकाश पनि त्यही घरमा बस्ने गरेकामा अहिले उनी छुट्टै डेरा लिएर बस्ने गरेको प्रहरीले स्रोतले जनाएको छ ।