× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वाङ्मय शताब्दी पुरुष जोशीकी पत्नी राधादेवीको निधन

    १ वर्ष पहिले

    बैशाख-२, वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ ।सय वर्ष पुगेकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए ।

    जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि गत असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

    २०७७ साल माघ ३० गते जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ-आफ्नो शरीर दान दिने घोषणा गरेका थिए ।