× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन क्षेत्र नं २ मा मदिरा ओसारपसार, बेचबिखन तथा सेवनमा रोक

    १ वर्ष पहिले

    बैशाख-५, प्रशासनले चितवन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको उप-निर्वाचनका लागि मदिरा ओसारपसार, बेचबिखन तथा सेवनमा रोक लगाएको छ ।

    १० बैशाखमा हुने उप निर्वाचनको मौन अवधिमा चितवन क्षेत्र नं २ मा मदिरा ओसारपसार बेचबिखन तथा सेवन गर्न निषेध गरिएको हो।

    उप निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न बैशाख ७ गते राती १२:०० बजे देखि देखि निर्वाचन सम्पन्न नहुन्जेल सम्ममा मदिरा ओसारपसार, बेचबिखन तथा सेवनमा समेत पूर्ण रूपमा निषेध गरिएको सुचनामा जनाइएको छ ।

    उक्त मौन अवधिमा सुचनामा विपरीत कार्य गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाइएको छ ।