× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दोहोरो नागरिकता लिएको भन्दै कांग्रेस नेता नारायण खड्का लगायत १२ जनाको नागरिकता छानबिन गर्न माग

    १ वर्ष पहिले

    बैशाख-५,पूर्व परराष्ट्रमन्त्री कांग्रेस नेता डा. नारायण खड्कालगायत १२ जनाको नागरिकता छानबिन गर्न माग गरी गृह मन्त्रालयमा उजुरी परेको छ।

    सिन्धुलीका युवराज पौडेल (सफल)ले सोमबार उक्त उजुरी दिएका हुन्।उजुरीमा खड्कासहित उच्चपदस्थ १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ।

    राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको छ।

    डा. खड्का नेपाली कांग्रेसको राजनीतिमा आउनुअघि क्यानडामा बसोवास गर्थे। उनकी श्रीमती क्यानडाली नागरिक हुन्। रवि लामिछानेविरुद्ध अदालतमा उजुरी पनि पौडेलले गरेका थिए। उनकै उजुरीपछि लामिछानेको मन्त्री र सांसद पद खारेज भएको थियो।