× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रपति रामचन्द्र पौडेलको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा उपचार शुरू

    १ वर्ष पहिले

    बैशाख-६, राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार शुरू भएको छ।

    स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल वैशाख ५ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। भारतको एम्स अस्पतालका चिकित्सकसँग परामर्श गरेपछि त्रिवि अस्पतालका चिकित्सले थप उपचारका लागि भारत लैजान सल्लाह दिएका थिए।

    त्यसपछि राष्ट्रपति पौडेललाई बुधबार बिहान १० बजे श्री एअरलाइन्सको विमानबाट भारतको दिल्ली लगिएको थियो। दिल्लीमा उपचार शुरू भएकोक राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

    एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनित मिश्र नेतृत्वको टोलीले राष्ट्रपति पौडेललेको उपचार गरिरहेको छ।