× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हराउँदै युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

    १ वर्ष पहिले

    बैशाख-७,जर्मन च्याम्पियन बायर्न म्युनिखको चुनौती पन्छाउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा ४–१ को जितसहित सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीले पहिलो लेगमा ३–० को जित निकालेको थियो ।

    एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले गोल गर्दा घरेलु टोली बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए ।

    घरेलु टोली बायर्नले खेलमा बल पोसेसन राख्दै सिटीलाई दवावमा राखेपनि नतिजा परिवर्त गर्न नसक्दा पराजित हुन पुग्यो । पहिलो हाफकै सिटीका हालान्डल पेनाल्टी चुकाएका थिए ।

    डेअट उपमेकानोले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा हालान्ड चुके । पेनाल्टीमा चुकेका हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

    जोन स्टोन्सको क्लियरेन्सलाई केभिन डि ब्रुएनाले नियन्त्रणमा लिदै दिएको पासमा हालान्डले उपमेकानोलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

    ८३औं मिनेटमा योसुवा किम्मिखले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । साडियो मानेको क्रसलाई म्यानुयल एकान्जीले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहयतामा पेनाल्टी प्रदान गर्दा किम्मिख चुकेनन् ।

    ८६औं मिनेटमा बायर्नका प्रशिक्षक थोमस टुचेल दोहोरो पहेलो कार्ड खाँदै टचलाइन छाड्न बाध्य भए । रेफ्रीले निर्णयमा असन्तुष्टि पोखेपछि रेफ्रीले उनलाई दोस्रो पहेलो कार्डसहित रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिएपनि समग्रमा जित निकाल्दै सिटी सेमिफाइनलमा पुग्न सफल भयो ।

    अब सिटीले सेमिफाइनलमा कीर्तिमानी १४ पटकको तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडसँग खेल्नेछ । रियलले इंग्लिस क्लब चेल्सीलाई समग्रमा ४–० ले पराजित गरी सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइनल ९ र १६ मेमा हुनेछ ।