× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भू-भागमा हल्का वर्षा तथा तराईका केही स्थानमा हावा-हुरीको सम्भावना

    १ वर्ष पहिले

    बैशाख -७,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भू-भागमा हल्का वर्षा तथा तराईका केही स्थानमा हावा-हुरीको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ।

    आज दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वर्षाको संभावना रहेको छ।

    यस्तै, राती देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित हल्का वर्षाको संभावना रहेको छ। मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।