× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते लगाइने

    १ वर्ष पहिले

    बैशाख-८, सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गरी ‘वृहत खोज र खोप अभियान’ सुरु गर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिका लागि लक्षित गरि ‘वृहत खोज र खोप अभियान’ सुरु गर्न लागेको जानकारी दिएको छ ।

    ,अभियान वैशाख १५ र ३१ गते दुई दिन देशभरका सरकारी स्वास्थ्य संस्थाबाट सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

    समयमा छुटेका आफ्ना बालबालिकालाई सोही समयमा नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन मन्त्रालयले अनुरोध छ ।

    घर छिमेकमा कसैले खोप लगाउन छुटेको भए बुझेर खोप लगाउन समन्यन गरिदिनुहुन पनि मन्त्रालयको अनुरोध छ ।

    खोप सुरक्षित भएकाले ढुक्काले आफ्ना बच्चालाई खोप लगाउन मन्त्रालयको आग्रह छ ।