× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशकाे पहाडी भू-भागमा हल्का वर्षा तथा कोशी प्रदेशमा हावा-हुरीको सम्भावना

    १ वर्ष पहिले

    बैशाख-१२,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका पहाडी भू-भागमा हल्का वर्षा तथा कोशी प्रदेशमा हावा-हुरीको सम्भावना रहेको छ।

    विभागका अनुसार कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

    हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

    यस्तै, राती कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।