× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भ्रष्टाचारको उजुरी दिँदा आफ्नो नागरिकता पेश गर्नुपर्ने सांसदको प्रस्ताव

    १ वर्ष पहिले

    बैशाख-१२, सांसदहरुले भ्रष्टाचारको उजुरी दिँदा आफ्नो नागरिकता पेश गर्नुपर्ने व्यवस्था कानुनमा गर्न प्रस्ताव गरेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०४८ को संशोधन विधेयकमाथि संशोधन दर्ता गर्दै सांसदहरुले भ्रष्टाचारबारे आयोगमा उजुरी दिँदा नागरिकता पनि संलग्न गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

    हालको कानुनी व्यवस्थाअनुसार अख्तियारमा भ्रष्टाचारबो उजुरी दिँदा आफ्नो नाम खुलाउने वा नखुलाउने भन्ने स्वइच्छा प्रदान गरेको छ।

    राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा विचाराधीन रहेको विधेयकमा संशोधन राख्दै सांसदहरुले उजुरीसँगै नागरिकता पनि संकलन गर्नुपर्ने माग गरेका हुन्।

    सांसदहरु रमा कोइराला पौडेल र पूर्णबहादुर तामाङले छुट्टाछुट्टै हालेको संशोधनको एउटै व्यहोरा छ। त्यसमा भनिएको छ, ‘कुनै व्यक्ति वा संस्थाको विरुद्धमा उजुरी गर्दा उजुरीकर्ताको नागरिकता प्रमाणपत्रको प्रमाणित संलग्न गर्नुपर्ने बुँदा थप गर्ने।’

    यति उजुरीसँगै उजुरीकर्ताको नागरिकता पनि पेश गर्नुपर्ने कानुनी व्यवस्था गर्ने हो भ्रष्टाचारविरुद्ध उजुरी दिनेको संख्या घट्ने छ।