× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीरको आन्दोलनमा बढ्दै समर्थन

    १ वर्ष पहिले

    बैशाख-१७, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।

    उनको आन्दोलनमा समर्थन जनाउन शनिबार राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायतका पदाधिकारी माइतीघर पुगेका थिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि माइतीघर पुगेर आन्दोलनका मागप्रति आफ्नो पार्टीका २१ जना सांसदकै समर्थन रहेको बताएका थिए । पुनको अगुवाइमा भइरहेको आन्दोलनमा युवाहरूको पनि समर्थन बढिरहेको छ ।

    शुक्रबार दिउँसो प्लेकार्डसहित माइतीघरको सडकमा प्रदर्शन गरेका उनले समर्थकसहित शुक्रबार राति सडकमै बिताए । माग पूरा नभएसम्म रातदिन आन्दोलन नरोकिने उनको अडान छ ।‘हामीचाहिँ माइतीघर मण्डलको सडकमा रातभर सुतेर उठ्यौं । जनताहरू सुतिरहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनुहोस्,’ पुनले धर्नाको तस्बिर राख्दै फेसबुकमा लेखेका छन् ।

    उनले सरकार नब्युँतिन्जेल आफूहरूले पनि सडकमै सुतेर धर्ना दिनुपर्ने भन्दै सामाजिक सञ्जालबाटै माइतीघरको सडकमा सुत्नका लागि आउन आह्वान गरेका थिए । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्ना नरोकिने पुनको भनाइ छ । आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको उनले गुनासो गरे ।