× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ६० संक्रमित थपिँदा, निको हुनेको संख्या ५५

    १ वर्ष पहिले

    वैशाख-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ६९ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५५ हजार १ सय ३४ जना पुगेको छ ।

    २४ घण्टामा २ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या २२ जना रहेको छ । हालसम्ममा ६० लाख ३४ हजार ९ सय ८३ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा १ हजार २ सय १ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ३८ जना रहेको छ। हालसम्ममा १५ लाख ७३ हजार ६ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ५५ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ६ सय ५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ३० जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय २८ जना रहेको छ।