× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    धादिङको गणेश खोला पुलनजिकै सडक भाँसिदा पृथ्वी राजमार्ग अवरुद्ध

    १ वर्ष पहिले

    बैशाख-१८,पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुलनजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ।

    सडकको बीचभागमा ठूलो भ्वाङ परेको र धुनिबेँसी नगरपालिका– ६ धार्केतर्फ गणेश खोला पुलनजिकै सडक भासिएपछि राजमार्गमा सवारीसाधन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बताए।

    अहिले दुवैतर्फ सवारी बन्द छ। ‘नगरपालिका र गाउँपालिकासहित सडक सुचारु गर्न र वैकल्पिक बाटो खोज्न लागिरहेका छौँ,’ जैसवालले भने। भासिएको ठाउँ नआइसकेका सवारीहरू चितवन र नुवाकोट भएर जान सक्ने र गणेश पुलनजिकै आइसकेका साना सवारीलाई वैकल्पिक बाटोबाट पास गराउने प्रयास भइरहेको उनले जानकारी दिए।

    ‘नियमित रूपमा झैँ पृथ्वी राजमार्ग सुचारु गर्नचाहिँ समय लाग्छ। यति वेलै सकिन्छ भन्न सकिन्न,’ उनले भने।