× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोरोनाको संक्रमणबाट बच्न सूर्तीजन्य पदार्थको सेवन नगर्न सरकारको आग्रह

    १ वर्ष पहिले

    बैशाख-१९, सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न सूर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी संक्रमण हुने सम्भावना बढाउँने हुँदा सूर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।

    सूर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्ने सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्‍याउने हुँदा सूर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटित निम्त्याउने सूचनामा उल्लेख गरेको छ ।