× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४३ संक्रमित थपिँदा, निको हुनेको संख्या ५०

    १ वर्ष पहिले

    बैशाख-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ४३ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५५ हजार २ सय ३५ जना पुगेको छ ।

    २४ घण्टामा ७ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ३३ जना रहेको छ । हालसम्ममा ६० लाख ३६ हजार ६ सय १५ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा ५ सय ६० जनामा एन्टिजन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १० जना रहेको छ। हालसम्ममा १५ लाख ७७ हजार ९ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ५० जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ८ सय ३१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ३१ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या २ सय २ जना रहेको छ।