× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लियोनेल मेस्सीले जिते लाउरेस वल्ड स्पोर्ट्स अवार्ड

    १ वर्ष पहिले

    बैशाख-२६, लियोनेल मेस्सी र विश्वकप विजेता अर्जेन्टिनाले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्सम्यान र टिम अफ द इयरको अवार्ड जितेका छन् ।

    गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपको उपाधि जिताएका अर्जेन्टिनाको कप्तान समेत रहेका मेस्सीले विश्वकप भर ७ गोल र गोल्डेन बल जित्न सफल भएका थिए । मेस्सी एकै वर्ष टिम र व्यक्तिगत अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

    त्यसैगरी फुटबल खेलाडीको रुपमा लाउरेस वल्ड स्पोर्ट्स अवार्ड जित्ने मेस्सी पहिलो बनेको छ।ॐ

    फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनका फरवार्ड ३५ वर्षीय मेस्सीले भने, ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र नभई पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु ।’