२ वर्ष पहिले
बैशाख-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १० जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५५ हजार ३ सय ६२ जना पुगेको छ ।
२४ घण्टामा २ सय २३ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ६ जना रहेको छ । हालसम्ममा ६० लाख ४० हजार ६ सय ७१ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा एन्टिजन विधिबाट ६ सय २१ जनामा परीक्षण हुँदा संक्रमितको संख्या ४ रहेको छ। हालसम्ममा १५ लाख ८७ हजार ८ सय ५७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या १२ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९१ हजार ७१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ३१ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ सय २० जना रहेको छ।