× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन इच्छाकामनाका २ स्वास्थ्य संस्थालाई ५६ लाखको सामग्री सहयोग

    १ वर्ष पहिले

    जेठ-२, हेल्पिङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नामक संस्थाले चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गतका दुई स्वास्थ्य संस्थाहरूलाई ५६ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

    ग्रामीण महिला विकास केन्द्रको समन्वयमा इच्छाकामना गाउँपालिकाको विकट गाउँ काउलेको स्वास्थ्य चौकी, कुरिनटारस्थित इच्छाकामना अस्पताल का साथै भरतपुर–६ स्थित गणेश स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको हेल्पिङ हेन्डका नेपाल निर्देशक जीव पोखरेलले जानकारी दिए।

    काउलेको स्वास्थ्य चौकी र इच्छाकामना अस्पताललाई २८/२८ लाख र गणेश स्वास्थ्य चौकीलाई ३४ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको पोखरेलले बताए।

    काउलेमा निर्देशक पोखरेल र ग्रामीण महिला विकास केन्द्रका कोषाध्यक्ष आशा कँडेलले गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख वासुदेव सापकोटा र वडाध्यक्ष सन्तबहादुर राना मगरलाई सामग्री हस्तान्तरण गरेका थिए।

    त्यहाँ औषधि, बिरामीलाई आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री र उपचारमा प्रयोग हुने विभिन्न उपकरणहरू प्रदान गरिएको केन्द्रका कार्यक्रम संयोजक टेकनारायण चापागाईंले जानकारी दिए।

    इच्छाकामना अस्पतालमा बागमती प्रदेश सभाका सदस्य कृष्णप्रसाद सिलवाल र गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको उनले बताए।

    गणेश स्वास्थ्य चौकीमा पूर्व महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, केन्द्रकी अध्यक्ष छलीकुमारी शर्मालगायतको उपस्थितिमा १४९ किसिमका स्वास्थ्य सामग्री/उपकरण हस्तान्तरण गरिएको थियो।

    हेल्पिङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्टका नेपाल निर्देशक पोखरेलले स्वास्थ्य सामग्री र उपकरणको अभावमा ग्रामीण क्षेत्रका नागरिकले स्तरीय उपचार सेवा नपाएकाले सहयोग गरेको बताए।