× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनामा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरणसम्बन्धी अन्तर्क्रिया सम्पन्न

    १ वर्ष पहिले

    जेठ-२, इच्छाकामना ५ मुग्लिनमा स्वास्थ्य कार्यालय चितवनले आयोजना गरेको पोषण प्रवर्द्धनका साथै विषादी न्यूनीकरणका लागि स्थानीय तहका बहुक्षेत्रीय सरोकारवालाबीच समीक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    इच्छाकामना वडा नं ५ का वडा अध्यक्ष तेजबहादुर शेरचनको अध्यक्षता, गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल तथा स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक चन्द्र हमालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा पोषण प्रवर्द्धनको सम्बन्धमा हरि देवकोटा र विषादी न्यूनिकरणका सम्बन्धमा आशिष त्रिपाठीले सहजीकरण गरेका थिएँ।

    कार्यक्रममा इच्छाकामना स्वास्थ्यकेन्द्र प्रमुखहरु, स्वास्थ्यचौकी प्रमुखहरु, स्वास्थ्यकर्मी, प्रधानाध्यापक, शिक्षासेवी, भेटेरिनरी प्रमुख एवं कृषि पेसामा आवद्ध किसानहरुको सहभागिता रहेको थियो ।