× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज नेवार समुदायको सिठी नख पर्व:धुमधामका साथ मनाईंदै

    १ वर्ष पहिले

    जेठ-११,आज (विहिवार) नेवार समुदायले धुमधामका साथ सिठी नखःपर्व मनाउँदै छन्।जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन मनाउने यस पर्व नेवार समुदायको महत्वपूर्ण पर्व मध्ये एक हो। भगवान कुमारको जन्म दिन समेत भएकाले यस दिन कुमारको पुजा गरी मास, मुगी,केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान‘बारा‘ खाने प्रचलन रहेको छ।त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी(मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी)समेत खाने गरिन्छ।साथै चामलको चटामरी,पापड,गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको छ।

    यस दिन बारा लगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न बल पुग्ने जनविश्वास रहँदै आएको छ।नेवार समुदायमा वर्षको अन्तिम चाडको रुपमा समेत रहेको यस पर्वसँगै वर्षा सुरु हुने र किसानहरुको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः(धान रापाईं)सुरु हुने पर्वको रुपमा समेत यसलाई लिने गर्दछ।नेवार समुदायमा सिठी नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी पुरुषोत्तम लोचनले बताए।‘पहिलो सिठी नखःअर्थात कुमार षष्ठी महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन।यसले गर्दा पनि धार्मिक महत्व रहेको छ।’उनले भने‘गणेश देवताहरुका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन्।कुमारको पुजा आराधना गर्नाले वर्षातको बेला धान रापाई जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ।’

    दोस्रो यसपर्व सँगै नेवार समुदायमा रोपाईं शुरु भएको सन्देश दिने भएकाले किसानहरु कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाँती राखेर किसानहरु अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफुलाई तयार पार्ने चाडको रुपमा रहेको उनको भनाई छ।सिठी नखःले परापुर्वकालदेखी पानीका मुहान सधैं सफा राख्नु पर्दछ भन्ने सन्देश समेत दिने गरेको छ। विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दुषित हुने भएकाले यसलाई सफा गरिनु पर्दछ भन्ने सन्देश समेत सिठि नखःले दिने गरेको संस्कृतिकर्मी श्रेष्ठ बताउँछन्।

    खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडको रुपमा समेत यसलाई लिन सकिने श्रेष्ठ बताए। मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलन अनुरुप सिठी नखःमा खाने बारा, चटामरीलगायतका परिकारले शरीरलाई तन्दुरुष्ट राख्न मद्दत पुग्ने भएकाले पनि आजको दिनमा बारा,चटामरी खाने प्रचलन चलेको उनको भनाई रहेको छ।यस दिन किसानहरुले खेत बारीमा काम गर्दैनन।बिहानै घरमा रहेको गाई वस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्यााउने गर्दछन्।यस दिन खेतको माटोलाई चोट पुर्यालउन नहुने विश्वास छ।सिठी नखःको दिनमा शुद्ध भई कुमार,नवदुर्गा भवानी र शिक्तिपिठहरुको पुजागरि नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास समेत रहेको पाईन्छ।

    त्यसैगरी आजकै दिन भक्तपुरवासी तथा उपत्यका भन्दा बाहिरका नेवार समुदायले आफ्ना कुल देवताको पुजा गरी देवाली मनाउने पनि गर्दछन् ।