× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा

    १ वर्ष पहिले

    जेठ-११, विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्याङ्क कार्यालय चितवनले जनाएको हो ।

    तथ्यांक कार्यालयले आज आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा प्रमुख यज्ञमूर्ति भण्डारीले जिल्लामा विसं २०६८ को जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव छ रहेको बताए । तर विसं २०७८ मा जिल्लामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव सात प्रतिशत रहेको छ ।

    उनका अनुसार विसं २०६८ को जनगणनामा जनघनत्व दुई सय ६१ प्रतिवर्गकिलोमिटर रहेकोमा अहिले बढेर तीन सय २५ पुगेको छ । जिल्लाको जनसङ्ख्या सात लाख १९ हजार आठ सय ५९ रहेको छ । तीमध्ये महिला तीन लाख ६८ हजार ७० र पुरुष तीन लाख ५१ हजार सात सय ८९ रहेको तथ्याङ्कले देखाएको छ । विसं २०६८ मा जिल्लाको जनसङ्ख्या पाँच लाख ७९ हजार नौ सय ८४ थियो । पहिलेको तुलनामा एक लाख ३९ हजार आठ ७५ बढेका छन् ।

    परिवारको औसत आकार चार दशमलव एक रहेको भण्डारीले जानकारी दिए । जिल्लामा एक लाख ७९ हजार तीन सय ४५ परिवार बसोबास गर्दै आएको कार्यक्रममा जानकारी दिइयो । जिल्लामा स्थायी ठेगाना भएर धेरैजसो विदेश बसोबास गर्ने ४६ हजार आठ सय ६१ परिवारका ६५ हजार ६४ छन् । तीमध्ये पुरुष ५० हजार छ सय ५५ र महिला १४ हजार चार सय नौ छन् । सोह्र हजार चार सय ९६ अपाङ्गता भएका व्यक्ति रहेको कार्यक्रममा जानकारी दिइयो । तीमध्ये आठ हजार सात सय ६७ पुरुष र सात हजार सात सय २९ महिला रहेका छन् । जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

    बाह्रौँ राष्ट्रिय जनगणनाअनुसार जिल्लाको सबैभन्दा धेरै जनसङ्ख्या भएको पालिका भरतपुर महानगरपालिका रहेको छ ।