× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गजल प्रतिष्ठानको आयोजनामा गजल मुशायरा तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    १ वर्ष पहिले

    जेठ-१५, नेपाल गजल प्रतिष्ठानको आयोजनामा गजल मुशायरा तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ।

    राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा युवा गजलकार परिविक्रमको गजल संग्रह ‘अङ्‌कमाल’को लोकार्पण समेत गरिएको छ।

    पुस्तक प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ, आवाज शर्मा, डा.प्रदीप कुमार मैनाली, शान्ति शर्मा र गजलकार परिविक्रमले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।

    पुस्तकको बारेमा समीक्षा गर्दै गजल साधक एवं समीक्षक भुवन निश्तेजले गजल संग्रहमा २० वटा मतला, ६० वटा फर्द र ८० वटा गजल समेटिएको बताए।

    पुस्तक विमोचन र गजल वाचन गरी दुई खण्डमा सम्पन्न कार्यक्रमको पहिलो खण्डको सहजीकरण गजलकार एवम् प्रतिष्ठानका कानुनी सल्लाहकार आँचलकुमार शर्मा र दोस्रो खण्डको सहजीकरण पूर्व प्राज्ञ धीरेन्द्र प्रेमर्षिले गरेका थिए। कार्यक्रम संयोजक प्रेमर्षिले ९ जना गजलकारहरूको एक-एक वटा मतला प्रस्तुत गरे।

    प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली गीत, संगीत एवं काव्य विधाका प्रमुख व्यक्तित्वहरू, विविध संस्थाका प्रतिनिधिहरूलगायत गजल प्रेमीहरूको उपस्थिति थियो।