× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस्तो हुनेछ आजको मौसम

    १ वर्ष पहिले

    जेठ-१७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

    हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

    विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशहरुका एक वा दूई स्थानमा मेघ गर्जन चटयाङ सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।