× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रपति पौडेल द्वारा नागरिकता विधेयक प्रमाणीकरण

    १ वर्ष पहिले

    जेठ-१७, राष्ट्रपतिका रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

    संसद्का दुवै सदनले पारित गरेर दोस्रोपटक पठाएँदा समेत तत्कालीन राष्ट्रपति विद्या भण्डारीले गत असोजमा रोकिदिएकी थिइन् । मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले त्यही विधेयक प्रमाणीकरण गरेर जारी गरेका हुन् ।

    पहिलोपटक संसद्ले नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् ।

    सदनले दोस्रोपटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारी पदबाट बिदा भएको तीन महिनामा नयाँ राष्ट्रपतिले नौ महिना पुरानो विधेयक प्रमाणीकरण गरेका हुन् ।

    राष्ट्रपति पौडेललाई राष्ट्रपति निर्वाचित भएसँग उक्त विधेयक प्रमाणीकरण गरिदिन प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले दबाब दिँदै आएका थिए । त्यसमा कुन संवैधानिक जगमा टेकेर विधेयक प्रमाणित गर्ने भन्दै राष्ट्रपतिले प्रश्न उठाएपछि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेका थियो ।