× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाँउपालिका वरपर जेठ २०, २१ र २२ गते विद्युत सेवा अवरुद्ध हुने

    १ वर्ष पहिले

    जेठ-१९, चितवन जिल्लाको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका वरपर जेठ २०,२१ र २२ गते विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण शाखाले हाईवे समाचारलाई दिएको जानकारी अनुसार इच्छाकामना ४ धारापानी क्षेत्रमा ११ केभिए लाईनका जिर्ण भएका पोलहरु बाट नयाँ पोलमा लाइन सिफ्टिङ गर्ने भएको हुँदा तीन दिन दैनिक ५ घण्टा विधुत सेवा अबरुद्ध हुने भएको हो।

    प्राधिकरणका अनुसार इच्छाकामना गाउँपालिकाको लेवाटार, कुरिनटार देखि मोबाखोला तथा गोरखाको गण्डकी गाउँपालिका अन्तर्गत मकैसिङ, गोर्दी र भुम्लीचोकमा बिहान ६:०० बजे देखि ११:०० बजेसम्म तीन दिन विद्युत सेवा अबरुद्ध हुने जनाएको छ।

    तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने प्रधिकरणले जनाएको छ।