× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमितको संख्या २ हुँदा निको हुनेको संख्या ३

    १ वर्ष पहिले

    जेठ-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या २ रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ६७ हजार ४ सय ८० जना पुगेको छ ।

    २४ घण्टामा १ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । हालसम्ममा ६० लाख ४६ हजार ५ सय ३० जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा ६ सय ७४ जनमा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या २ जना रहेको छ। हालसम्ममा १५ लाख ५ हजार १ सय २७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ३ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९१ हजार ३ सय ४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने ९८.८ प्रतिशत रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ३१ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १४ जना रहेको छ।