× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    “हाम्रो चाहना समृद्ध इच्छाकामनाको सम्भावना र चुनौती” बिषयक एकदिने विचार गोष्ठी सम्पन्न

    १ वर्ष पहिले

    जेठ-२७, इच्छाकामना साहित्य प्रवाहको आयोजनामा “हाम्रो चाहना समृद्ध इच्छाकामनाको सम्भावना र चुनौती” बिषयक एकदिने विचार गोष्ठी सम्पन्न भएको छ।

    इच्छाकामना ४ कुरिनटारमा सम्पन्न गोष्ठीका प्रमुख अतिथि बागमति प्रदेशका प्रदेशसभा सदस्य माननीय कृष्णप्रसाद सिलवालले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

    प्रमुख अतिथि सिलवालले इच्छाकामनाको कला, साहित्य संस्कृतिको विकासका साथै समग्र इच्छाकामनाको भौतिक विकासका लागि प्रदेश सभामा बुलन्द आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माको सभापतित्व तथा साहित्य प्रवाहका सचिव शंकर सिलवालले संचालन गरेको गोष्ठीमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रकास अधिकारी, इच्छाकामना एमाले पार्टी इन्चार्ज जुना राजभण्डारी, नेकपा माओवादी प्रदेश कमिटी सदस्य साबित्रा सिलवल, विभिन्न बिधालयका प्रधानाध्यापक, समाजसेवी, सहकारीकर्मी तथा स्थानीय साहित्यकारहरुको उपस्थित रहेका थिए।

    गोष्ठीका सभाध्यक्ष शर्माले कार्यक्रम समग्र इच्छाकामनाको विकासको वहस भएको धारणा राख्नुभयो।

    विचार गोष्ठीमा इच्छाकामनाको शिक्षाको विषयमा शिवप्रसाद तिमल्सिना, पालिका भित्रको साहित्यिक गतिविधिको बारेमा इच्छाकामना साहित्य प्रवाहका संरक्षक एवं पुर्व अध्यक्ष कवि कृष्णप्रसाद पोखरेल र पर्यटन विकासको विषयमा इच्छाकामना गाउँपालिकाको पुर्व प्रवक्ता सावित्री गुरुङले कार्यपत्र पेश गरेका थिए।

    कार्यपत्र उपर कवि, समालोचक, प्राध्यापक एवं इच्छाकामना साहित्य प्रवाहका सल्लाहकार समिति संयोजक तेजविलास अधिकारीले टिप्पणी गरेका थिए।