× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    म्यान्चेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

    १ वर्ष पहिले

    जेठ-२८, च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

    टर्कीको इस्तानबुलमा सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई हराउँदै इंग्लिस क्लब सिटी च्याम्पियन बनेको हो ।

    सिटीलाई जित दिलाउन एक मात्र निर्णायक गोल खेलको ६८ औं मिनेटमा रोड्रीले गरे । यो उपाधिसँगै सिटीले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ‘ट्रेबल’ जितेको छ ।

    ‘ट्रेबल’ जित्ने सिटी दोस्रो इंग्लिस क्लब बनेको छ । यसअघि सन् १९९८/९९ को सिजनमा म्यान्चेस्टर युनाइटेडले ‘ट्रेबल’ जितेको थियो ।सिटीको यो पहिलो च्याम्पियन्स लिग उपाधि हो ।