२ वर्ष पहिले
जेठ-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ६७ हजार ४ सय ८३ जना पुगेको छ ।
२४ घण्टामा शुन्य संख्यामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या पनि शुन्य नै रहेको छ । हालसम्ममा ६० लाख ४ हजार ७ सय ९५ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा एन्टिजन विधिबाट कुनै परीक्षण नहुँदा संक्रमितको संख्या शुन्य नै रहेको छ। हालसम्ममा १५ लाख ७ हजार ७ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ४ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९१ हजार ३ सय १४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने ९८.८ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ३१ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ जना रहेको छ।