× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अनेरास्ववियु (क्रान्तिकारी) ले विद्यालयमा लगाएको ताला महानगरले फोड्यो

    १ वर्ष पहिले

    जेठ-३०, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) का पञ्चासिंहको समुहले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ ।

    छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर सो विद्यार्थी संगठनले काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।

    महानगरका मेयर बालेन्द्र (बालेन) साहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।

    ‘चाहे विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले महानगर क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने भन्दै कुनै विद्यालयले नियमको पालना नगरे उजुरी गर्ने व्यवस्था रहेको स्मरण समेत गराएका छन् ।

    काठमाडौं महानगरले आफ्नो पालिकाभित्रको शैक्षिक संस्थाहरुमा राजनीतिक गतिविधि र बन्द हड्ताल गर्न नपाउने व्यवस्था गरेको छ ।