× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार गर्दै आएका राजु मास्टर, बल्छी ध्रुवे, म्याकुरीसहित ८ जना कलाकार पक्राउ

    १ वर्ष पहिले

    जेठ-३२,पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार गर्दै आएका कलाकारहरू पक्राउ परेका छन्। नेपालको कानुन अनुसार अवैध मनिएको अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गर्दैआएका कलाकारहरू एकै साथ ठुलो संख्यामा पक्राउ परेका हुन्।

    राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

    पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ भनिने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन्।

    नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

    प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो। पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।

    पक्राउ परेका कलाकारले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गर्दैआएका थिए। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएका थिए।